७ जेठ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्क विहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्क विहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ ।
‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्क विहीन हुनुहुन्छ’ बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन् ।
‘उहाँले प्रहरीमा निवदेन दिएर हराउनु भएको रहेछ, नगरपालिकाको तर्फबाट केही जानकारी नआएपनि प्रशासनले निरन्तर खोजिरहेको छ’ प्रजिअ श्रेष्ठले भनिन् ।