जेष्ठ ८,मनहर्वा :जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वाले स्थानिय ४२ जना किसानलाई सिंचाई सुविधाका लागि विधुतिय मोटर वितरण गरेको छ ।

“किसानको हात हाम्रो साथ” भन्ने अवधारण अनुरुप वडाको ५ लाख रुपैँया चालु खर्च बजेटबाट खरिद गरि विद्युतिय मोटर वितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनु भयो ।

५० प्रतिशत अनुदानमा सिंचाई मोटर वितरणका लागि वडाले गत चैत्र २२ गतेका दिन सार्वजनिक सुचना जारीगरी आवेदन माग गरेको थियो । नागरिकता, लालपूर्जा र कृषि मिटरको विलको प्रतिलिपि सहित निवेदन दिन भनिएकोमा एकसय १५ जनाले मोटरका लागि दिवेदन दर्ता गराएका थिए । आज उनीहरुकै सहभागितामा गोलाप्रथा गरी ४२ जना छनौट गरि मोटर दिईएको उहाँले जानकारी दिनु भयो ।

प्रतिगोटा २३ हजार रुपैयाँमा किनेका २ हर्षपावरका सिंचाई मोटर उपभोक्तालाई ११ हजार पाँचसय मात्र लिएर प्रदान गरिएको हो ।

मोटर वितरण कार्यक्रममा वडा अध्यक्ष वाग्लेसँगै वडा सदस्यहरु लक्ष्मीमाया बल,चेत बहादुर आले मगर, रन्दिर चौधरी,अदरी देवी चमईन, वडा सचिव सीमा उप्रेती लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय