जेष्ठ ८,मनहर्वा: जितपुरसिमरा उपमहानगरपालिका”१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको आयोजनामा एकदिने पोष्ट हार्भेस्ट ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

सहकारीमा आवद्ध ६५ जना सदस्यहरुको सहभागितामा सोमबार संस्थाको बडहर्वा स्थीत मुख्य कार्यालयको सभाकक्षमा तालिम सम्पन्न भएको हो ।

तालिमका सहभागिहरुलाई संस्थाका कृषि प्राविधिक जलेन्द्र चौधरी, अध्यक्ष नयनकला खड्का र मुख्य प्रबन्धक पुष्पराज खतिवडाले तालिम दिनु भएको हो ।

विशेष गरी तरकारी उत्पादन, ग्रेडिङ्ग, बजारीकरण र रोग किरा नियन्त्रण सम्बन्धी सहभागिहरुलाई तालिम दिईएको थियो । कुनैपनि बालि टिपिसकेपछि उपभोक्ता सम्म नपुगन्जेल बस्तुको उचित ब्यवस्थापन गरि नोक्सानी हुनबाट बचाउनु पोष्ट हार्भेस्ट ब्यवस्थापन भएको हुँदा विशेष गरी तराकारी खेतीसँग सम्बन्धीत रहेर सहभागिलाई तालिम दिईएको अध्यक्ष खड्काले बताउनु भयो ।

नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेड काठमाण्डौंको सहयोगमा लातिमको आयोजना गरिएको हो । उक्त तालिम मंगलबार कलैया उपमहानगरपालिका वडा नं.२ को दोहरीमा समेत संचालन हुने उहाँले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय