नवराज घिमिरे
१२ जेठ, कलैया:न्याय दिलाउने नाममा पिडितसँग अनावस्यक खर्च गराउनेहरुका कारण पिडित थप पिडामा पर्ने गरेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र वोगटीले बताए । एकद्धार प्रणालीका माध्यमबाट लैंङ्गिक तथा घरेलु हिंसा न्यूनीकरण र संरक्षण सेवा सम्बन्धि जिल्ला स्तरीय ३ दिने तालिमको समापनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

हिंसा जन्य अपराधका घटनालाई समेत समान्य लेनदेन गरी समुदायमै मिलाउने चलन गाउँघरमा व्याप्त छ । यो चलन गलत भएको तथा पिडकबाट तिराउने निर्णय भएको रकम पञ्चहरुले नै मिलिबाँडी खाने अभ्यासले पिडितलाई अझै अन्याय गरेको भन्दै प्रहरी उपरिक्षक वोगाटीले यसलाई परिवर्तन गर्नु जरुरी रहेको बताए । समाजिक अगुवा, राजनितिक अगुवा र पिडितले विश्वास गरेका पञ्चहरुले पिडितले पाएको क्षतीपुर्ती रकम समेत भागबण्डा गर्नु निन्दनिय कार्य भएको उनको भनाई छ ।

पिडितको अवस्थालाई ख्यालै नगरी मात्रै आर्थीक आम्दानीका उद्देश्यले पिडितको पछी लाग्नेहरुबाट पिडितलाई बचाउन जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न उपाय अपनाएको उनले बताए । क्षतीपुर्ती रकम पिडितको नाममा बैंकमा फिक्स डिपोजिट गराउने पछिल्लो अभ्यास निकै उपयोगी ठहरीएको बताउँदै वोगटीले बारामा ओसिएमसि क्रियाशिल बन्न नसक्दा हिंसा पिडितलाई प्रभावकारी सेवा प्रदान गर्न नसकेको बताए ।

त्यस्तै हिंसा विरुद्धको सकारात्मक पहल आफैंबाट सुरु गर्नुपर्ने बताउँदै जिल्ला समन्वय समितिका प्रमुख आमोद चौधरीले ओसिएमसि कृयाशिल नहुनुमा सम्बन्धित सबै कुनै न कुनै हिसाबले दोषी रहेको औंल्याए । यस बारे चासो र चर्चा बढ्नुपर्ने उनको भनाई छ ।

जनजागरण युवा क्लब जेजेवाइसी बाराका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा भएको समापन कार्यक्रममा सिकाइ अनुभव बाँड्दै धेरैजसो सहभागिहरुले एकद्धार संकट व्यवस्थापन केन्द्र ओसिएमसिबारे यसै तालिमबाट जान्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । आफुहरु महिला अधिकारका क्षेत्रमा वर्षौं देखि काम गर्दै आए पनि ओसिएमसिको अवधारणाबारे स्पष्ट हुने मौका यसै तालिममा पाएको बताए ।

हिंसा पिडितलाई उद्धार, एक जना कुरुवा समेतलाई खाने, पिडितलाई लाउने व्यवस्था, स्वास्थ्य उपचार, कानुनी सहायता, मनोसमाजिक परामर्श, सुरक्षीत आवास सहितका अत्यावस्यक सेवा एकै ठाउँबाट पाउने सुविधाबारे जानकारी पाउने वातावरण दिएकोमा आयोजकलाई धन्यवाद समेत दिए ।

उनीहरुले २०७४ भाद्रबाट लागु भएको कानुनले महिला हिंसाका विषयलाई गम्भिरताका साथ लिएको, छोरा सरह छोरीलाई पनि अंश दिने व्यवस्था, हिंसाको पछिल्ला तथ्यांक, संरक्षण सेवाको बारेमा वृस्तीत जानकारी लगाएतका महत्वपूर्ण विषयले तालिम अर्थपूर्ण लागेको बताए । जिल्ला शिक्षा विकास इकाईका प्रमुख श्याम किशोर प्रसाद, ब्लु हेभन नेपालका पूर्णीमा श्रेष्ठ, नेपाल पत्रकार महासंघका प्रतिनिधी नरेश, महिला अधिकारकर्मी वसुन्धरा गैरे लगाएतले तालिमको अनुभव सनाएका थिए ।

इस्लामिक रिलिफ क्यानडा, इस्लामिक रिलिफ नेपालको आर्थीक सहयोग र जनजागरण युवा क्लब जेजेवाइसी बाराको आयोजनामा सञ्चालित समुदायको उत्थानशिलता सुदृढिकरण एससीआर परियोजनाद्धारा दरबार होटेल कलैयामा तालिम चलेको थियो ।

काठमाण्डौंका मिना शर्मा, बाराको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र प्रहरी निरिक्षक भिमलाल वलीले सहजीकरण गरेको तालिममा ओसिएमसिका प्रतिनिधी, महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकाका प्रतिनिधी, महिला अधिकारकर्मीहरु, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरु गरी २५ जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय