२२ जेष्ठ ,मनहर्वा :विश्व वातावरण दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को पिलुवा स्थीत पिस पार्कमा वृक्षरोपण गरिएको छ । ब्रह्माकुमारी राजयोगद्वारा सन्चालित शान्ती बाटीका परिषरमा सोमबार विहान विशेष कार्यक्रमको आयोजना गरी बेल, सरिफा, निम, कल्की, रक्त चन्दन, श्रीखण्ड, बकाईनो लगायत विभिन्न प्रजातीका २ सय थान विरुवा रोपिएको हो ।

ब्रह्माकुमारीज पर्यटन तथा यातायात सेवा प्रभाग नेपालले आयोजना गरेको कार्यक्रमको जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले वर, पिपल तथा समिको विरुवमा पानी हालेर उद्घटन गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी अधिकारीले स्वस्थ्य वातावरणका लागि बोट विरुवा रोप्नु र जोगाउनु पर्ने बताउनु भयो । बोट विरुवा र वन जंगलको शंरक्षण भएमात्रै समग्र प्राणि जगत शुरक्षीत हुने हुँदा विक्षरोपण आफैंमा पुण्यको काम भएको उहाँले बताउनु भयो ।

पछिल्लो समय देखीएको जलवायू परिर्वतनका कारण प्राणि जगत शंकटमा पर्न थालेको छ । शक्ति राष्ट्रहरुले बनाएका वम गोला वारुद प्रयोगको होडवाजीले प्रकृतीलाई चुनौती थपेकाले यस्ता वस्तुको असर कमगर्न बोटविरुवाले मात्रै सक्छ उपप्रमुख अधिकारीले भन्नु भयो ।

कार्यक्रममा ब्रह्माकुमारी राजयोग क्षेत्रीय कार्यालय विरगजंकी प्रमुख राजयोगिनी रविना मल्ल, डुमरवाना बहुमखी क्याम्पसका अध्यक्ष अनिल कुमार मैनाली क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६का अध्यक्ष हरिदेव खरेल, १५ का अध्यक्ष राम प्रसाद लामिछाने, वडा नं. १७का अध्यक्ष भिम लामा , १८का अध्यक्ष चतुरबाबु वाग्ले लगायत स्थानिय समाजसेवी,पत्रकार , प्रहरी र शसस्त्र प्रहरीका जवानहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रम राजयोगि गूणराज लामिछानेको संयोजन, कुमारी बालसुन्दरीको स्वागत र राजयोगि प्रमेश्वर श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय