२२ जेठ, बारा
बाराको सुवर्ण गाउँपालिका र महागढिमाई नगरपालिकामा विश्व वातारण दिवसको अवसर पारेर समुदाय सरसफाई कार्यक्रम गरिएको छ । पालिकाले सफा गर्छ भन्दै जथाभावी फोहोर फाल्ने प्रवृत्तीलाई सुधार्ने प्रयास स्वरुप समुदाय सरसफाई कार्यक्रम गरिएको हो ।

सुवर्ण गाउँपालिका वडा नं. ८ स्थित भिष्वा प्रशुरामपुर तथा महागढिमाई ८ वेतवनाका महिला कृषक समुहले आफ्नो आफ्नो समुदाय सरसफाई गरेर दिवस मनाएका हुन् ।

आफ्नो घर बाहेकको वातावरण फोहोर छ भने त्यसको असर सबैले भोग्नुपर्ने भएकोले गाउँ सफा बनाउनु सबैको दायित्व हो भन्ने बुझाउन कार्यक्रम गरिएको महम्दन महिला कृषक समुहका सदस्य मदिना खातुनले बताइन् ।

सरसफाईका क्रममा थुपारिएका फोहोर उठाउन महिलाहरुकै समन्वयमा पालिकाको गाडी बोलाइएको थियो । विगत एक वर्षदेखि यहाँका कृषक महिला हरु संगठित भएर मासिक बैठक बस्ने, बचत गर्ने, विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएकाछन् ।

यसकालागि आवस्यक आर्थिक सहयोग समुदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजनाले उपलब्ध गराएको महागढिमाई नगरपालिका ८ का वडाध्यक्ष वोहाव अन्सारीले बताए ।

एससिआर परियोजना स्लामिक रिलिफको आर्थीक सहयोग तथा जनजागरण युवाक्लब जेजेवाइसीको आयोजनामा महागढिमाई नगरपालिकाको १, २ र ८ तथा सुवर्ण गाउँपालिकाको १, ५, ६ र ८ मा संचालन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय