जीतपुर,बारा
३० जेष्ठ
जीतपुरसिमरा उपमहानगरपालिका उधम विकास शाखाद्वारा सञ्चालित ३२ दिने एडभान्स गार्मेन्ट फब्रिकेटर तालिम सम्पन्न भएको छ । मंगलबार उपमहानगरपालिका वडा नं.५ को बकुलियमा स्थीत साझा सुविधा केन्द्र (उधम घर )मा तालिम समापन गरिएको हो ।
तालिम समापन कार्यक्रममा नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले सहभागिलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
गरिवी निवारणका लागि लघु उधम विकस कार्यक्रम (मेड्पा) सञ्चालन निर्देशिका, २०७७ बमोजिम मेडमोडेल अनुसार जीतपरसिमरा उपमहानगरपालिका वडा नं. ५ का १३ जना महिला लघु उधमीहरुको स्तरोन्नति गर्ने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।
आर्थिक बर्ष २०७८।०७९ मा मेड्पा सेवा लिई विभिन्न गार्मेन्ट उधोगहरुसँग समन्वय गरी घरमै बसेर सिलाई सम्बन्धि काम गर्दै आएकाहरुलाई लक्षित गरी तालिम कार्यक्रमको आयोजना गरिएको थियो ।
तालिम समापनका अवसरमा तालिम लिएका लघु उधमीहरुको रोजगारी सुनिश्चिताको लागि जीतपुरसिमरा वडा नं.७ मा रहेको एच एण्ड ए गार्मेन्ट उधोगसँग सम्झौता समेत भएको छ । पहिलो चरमामा ३५० सेट कुर्ता सुरुवाल र २५० पिस सर्ट पाईन्ट पोशाक तयारीको जिम्मा उद्यमीहरुलाई गार्मेन्टले दिनेगरी दुई पक्षिय लिखित समझौता भएको बताईएको छ ।
तालिम समापन कार्यक्रममा नगर प्रमुख राजन पौडेल, उपप्रमुख श्री भोला प्रसाद अधिकारी, एच एण्ड ए गार्मेन्टका सञ्चालक हारुण अंसारी, उधम विकास समितिका सदस्य रिता कंडेल, उधम विकास अनुगमन उपसमिति सदस्य शान्ता कुमारी बजगाँई र वडा सदस्य ईश्वर चौधरी, ईन्दल पासवान लगायतको सहभागिता थियो ।
कार्यक्रम वडा अध्यक्ष दिपेन्द्र प्रसाद चौधरी अध्यक्षतामा सम्पन्न भएको हो ।