पुष्पराज खतिवडा
३२ जेष्ठ ,बारा:बारामा दुई विद्यायल एकआपसमा गाभिएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ को जनचेतना आधारभुत विद्यालय मौलापुरलाई सोही वडाको जनता माध्यमिक विद्यालय रजघट्टासँग समायोजन गरिएको हो ।

विहिबार जनता माध्यमिक विद्यालय रजघट्टा परिषरमा विद्यालय समायोजन समारोहको आयोजना गरिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट दुई विद्यालय आजकै मितिबाट एक भएको घोषणा गरिएको हो ।

विद्यार्थीको संख्या कम भएका विद्यालयहरुको स्तर घटुवा वा समायोजन गर्ने उपमहानगरपालिकाको नीति अनुसार दुई विद्यालयहरु एक आपसमा गाभिएका हुन् । उपमहानगरपालिकाको नगर शिक्षा ऐन २०७५मा कजोर विद्यालयलाई नजिकैको अर्को राम्रो विद्यालयसँग गाभ्न सकिने कानुनी ब्यवस्था मुताविक दुई विद्यालयलाई एक बनाईएको नगरप्रमुख पौडेलले बताए ।

जनचेतना आधारभुत विद्यालयमा विद्यार्थीको संख्या न्युन भएको र स्थानिय अविभावकहरु समेतको बेवास्था देखिएपछि नजिकैको विद्यालयमामा गाभ्ने निर्णय गरिएको उपमहानगरपालिकाको शिक्षा समन्वय शाखाका प्रमुख शिवजी प्रसादले जानकारी दिए ।

तीन दशक अघि २०४९मा स्थापना भएको जनचेतना आधारभुत विद्यालयमा हाल ३० जना विद्यार्थी अध्यायनरत थिए । यस्तै ६ जना शिक्षक कर्मचारी कार्यरत थिए । उनीहरुलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको शाखा प्रमुख शिवजी प्रसादले जनाए ।

नगरपालिकाले २०८० जेष्ठ १० गते विद्यालय गाभ्ने विषयमा पत्राचर ग-यो । सोही पत्रका आधारमा १३ गते बसेको अविभावक भेलाले विद्यालय समायोजका लागि सहमती गर्ने निर्णय गरेपछि प्रकृयामा गएको जनचेतना आधारभुत विद्यालयकी प्रधानअध्यापक भवानी पाण्डेले बताईन् ।

विपन्न दलित र जनजातीका बालबालिका मात्रै अध्यायन गर्ने विद्यालयमा उनीहरु नियमिन विद्यालय आउँदैन थिए । विद्यार्थीको संख्या न्युन हुँदै गएपछि संचालनमा समस्या हुँदै आएको थियो प्रअ पाण्डेले सुनाईन् ।

उपमहानगर भित्रका विभिन्न ९ वटा विद्यायलमा विद्यार्थीको संख्या न्युन रहेको पाईएपछि ती विद्यालयलाई नजिकैका अन्य विद्यालयमा गाभिन परिपत्र भएको थियो । ती मध्य पहिलो चरणमा जनचेतना आधारभुत विद्यालय मौलापुर हाम्रो विद्यालयसँग समायोजन भएको हो , जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधान अध्यापक राजुप्रसाद अधिकारीले जानकारी दिए ।

२०४२ सालमा स्थापित कृषि प्राविधिक शिक्षालय समेत संचालन गर्दै आएको जनता माध्यमिक विद्यालयमा १ हजार १८२ छात्रछात्रा अध्यायनरत छन् । कृषिसँगै संगित कक्षा चलाउँदै आएको उक्त विद्यालय जितपुरसिमरा उपमहानगरपालिका भित्रै नमुना विद्यालय भएको उनले बताए ।

समायोजन भई आएको विद्यालयको भौतिक संरचनामा उपमहानगरको सहयोगमा नमुना मन्टेश्वरी शिक्षालय संचालन गर्ने योजना रहेको प्रअ अधिकारीले जानकारी दिए ।

जनता माध्यमिक विद्यालयकी अध्यक्ष समेत रहेकी वडा नं.१४की अध्यक्ष चयन मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

जनचेनता आधारभुत विद्यालयकी प्रअ भवानी पाण्डे विद्यालयका कागजात जनता माविका प्रअ राजु अधिकारीलाई हस्तान्तरण गर्दै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय