५ असार,सिमरा:बाराको सिमरामा जीवन/ऋण म्यादी बीमा सम्बन्धी एकदिने अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेड ललितपुर, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड काठमाण्डौं र सानिमा रिलायन्स लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडको संयूक्त आयोजनामा एकदिने विमा सम्बन्धी अभिमुखिकरण गोष्ठि सम्पन्न भएको हो ।


बारा, पर्सा र रौतहटका २८ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र प्रबन्धकहरुलाई कार्यक्रममा जीवन/ऋण म्यादी बीमा सम्बन्धी जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईका अनुसार गरिब तथा साना किसानहरुको आर्थीक जोखिम निन्युकरण गर्ने उदेश्यले कार्यक्रम ल्याईएको हो । यस कार्यक्रमले सहकारीमा आवद्ध सदस्यको मृत्यु हुँदा आश्रीत परिवारले लाभ पाउने छन् । भने सहकारीहरुले सदस्यमा लगानी गरेको कर्जा असुलीमा समेत सहयोग पुग्ने छ, महाप्रबन्धक भट्टराईले भन्नुभयो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडहरुमा आवद्ध साना किसान सदस्यहरुले लिएको कर्जा तथा उहाँहरुको जीवनको सुलभ मुल्यमा विमा गर्ने कार्यक्रम नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेड मार्फत देशभरका १२ लाख सानाकिसान परिवारमा लागु गर्न खोजिएको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा साना किसान सदस्यको जीवन तथा ऋण विमा सम्बन्धी कार्यविधि, जीवन बिमाको महत्व, बिमा गर्ने प्रकृया, क्षेतीपूर्ती लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।
केन्द्रिय संघका महाप्रबन्धक भट्टराई, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका वरिष्ठ अधिकृत केशव पौडेल, सानिमा रिलायन्स लाईफ ईन्सुरेन्स कम्पनीका अधिकृत प्रशंसा ढुङ्गाना र कर्पोरेट प्रमुख अनोज थापाले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।



