१५ असार,मनहर्वा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आफ्नो कार्यक्षेत्र भित्रका ७ वटा विद्यालयमा सिलिङ्ग पंखा वितरण गरेको छ ।
संस्थाले सुक्रबार असार १५ को अवसर पारेर कलैया उपमहानगरपालिकाका ५ र जितपुरसिमरा उपमहानगरपालिका २ वटा विद्यालयमा १९ थान पंखा वितरण गरेको हो । एक कार्यक्रमका विच विद्यालयका प्रतिनिधिहरुलाई संस्थाकी अध्यक्ष नयनकला खड्काले पंखा हस्तान्तरण गर्नु भएको हो ।

कलैया उपमहानगरपालिका अन्तरगत वडा नं.२६ को श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महेशपुर, अमर माध्यमिक विद्यालय दोहरीले ३,३ थान र आधारभुत विद्यालय पकडीले २ थान पंखा पाएका छन् । यस्तै सोही पालिका अन्तरगतको वडा नं.२४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वाले ३ र आधारभुत विद्यालय श्रीपुरले २ थान पाएका छन् ।

यसैगरी जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरले ३ र वडा नं.१८को बडहर्वामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयलाई ३ थान पंखा दिईएको संस्थाले जनाएको छ ।

संस्थाले सहकारी सिद्धान्त “सामाजिक उत्तरदायित्व” अन्तरगत तराईको उधुम गर्मीका विच भैरहेको पटनपाठनमा राहत पुर्याउने उदेश्यले विद्यालयहरुमा पंखा वितरण गरिएको सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।

सहकारीले विद्यालयमा पिउने पानिको ब्यवस्थासँगै,शौचालनय निर्माण, मठमन्दिर निर्माण, ग्रामिण कृषि बजार स्थापना, विपन्नहरुलाई विभिन्न खाले राहत तथा पिडितहरुलाई सहयोग समेत गर्दै आएको छ । विभिन्न स्थानिय तथा राष्टिय पिवद्हरुमा समेत संस्थाले आर्थिक सहयोग गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

जितपुरसिमरा १८ को बडहर्वामा मुख्य कारोबार रहेको सहकारीले ३ हजार २ सय सदस्यहरुका विच कृषि पसल, डेरी सहित ५ वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गर्दै आईरहको छ। कृषि प्राविधिक सहितको सेवा प्रदान गर्दै आएको सहकारीले आफ्ना सदस्यहरुलाई सहुलियत कृषि कर्जा प्रदान गर्नुका साथै कृषिसँग सम्बन्धीत विभिन्न ब्यवसायीक तालिम समेत संचालन गर्दै आएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय