२० असार, मनहर्वा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले कृषकहरुलाई दुध केन वितरण गरेको छ । बुधबार कलैया उपमहानगपालिका वडा नं.१६ का अध्यक्ष शेषनाथ साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चिस्यान केन्द्रमा दुध विक्रि गर्ने कृषकहरुलाई केन वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी साहले कृषकका लागि दुध उत्पादन आम्दानीको राम्रो र उत्कृष्ठ ब्यवसाय भएको बताउनु भयो । ब्यवसायीक ढंगबाट गरिने दुधको ब्यवसायबाट मनग्य आम्दानी गर्न सकिने हुँदा दुध ब्यवसायमा लाग्न सहभागीलाई प्रोत्साहीत गर्नु भयो ।

कलैया उपमहानगरपालिका वडा नं.१६ मा रहेको सहकारी संस्थाको दुध संकलन केन्द्रमा आवद्ध ७८ जना कृषकलाई केन वितरण गरिएको हो । संस्थाले ३ बर्ष अघि चिस्यान केन्द्र संचालनमा ल्याएको हो ।

दैनिक ६ सय लिटर दुध संकलन हुँदै आएको संकलन केन्द्रमा १ सय ५० जना बढी कृषकले दुध विक्रि गर्दै आएका छन् । केनको अभावमा यहाँका किसानले पलास्टीकका ग्यालिन, बोतलहरुमा अशुरक्षीत ढंगले दुध लिएर आउने गरेका थिए । सबैलाई नपुगेपनी केन पाउनेहरुका लागी सहज भएको चिस्यान केन्द्रका संयोजक रोशा खातुनले बताउनु भयो ।

वडा कार्यालयले एकलाख रुपैंयामा खरिद गरेका ७५ थान ५ लिटरका स्टील केन सहकारी संस्था मार्फत दुध उत्पादक कृषकहरुलाई वितरण गरिएको उहाँले बताउनु भयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्था मुख्य प्रबन्धक पुष्पराज खतिवडा, वडा नं.१६ का वडा समिति सदस्य ओमप्रकाश यादव, रामपती देवी राम, शिला देवी कुर्मी, चिस्यान केन्द्र ब्यवस्थापन समितिका सदस्य गोरख प्रसाद यादव, प्रेम महरा, संकलक मनोज पटेल, राजु पटेल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय