पुष्पराज खतिवडा
४ श्रावण ,बाराः आर्थिक अभावमा ४१ बर्षिय समृता थापा मगरको उपचारमा समस्या भएको छ । रामेछाप जिल्ला घरभई ललितपुरको लुभुमा डेरा गरी बस्ने थापाको दुबै मृगौलाले काम गर्न छाडेको ३ महिना भयो । उनको विर अस्पतालको सघन कक्षा उपचार भैरहेको छ ।
नियमित डायलासिस भैरहेको छ । डायलासिससँगै स्वास्थ्य अवस्थामा सुधार आएको आफन्तले बताएका छन् । चिकित्सकहरुले उनलाई बचाउन र नयाँ जिवन दिन सकिने बताएका छन् ।
आर्थिक अवस्था न्युन रहेको थापा परिवारको आम्दानीको श्रोत भनेको डाईभरी हो । निजि र्फम तथा ब्यक्तिहरुको ट्याक्सि चलाउँदै आएका पिडित समृताका पति शेर बहादुर थापाले समृताको उपचारमा आर्थिक समस्या भैरहेको बताएका हुन् । समृताको उपचारमा हाल सम्म १२ लाख रुपैंया खर्च भैसकेको छ । चिकित्सकले अझ ६ लाख रुपैया लाग्ने बताएका छन् ।
ट्याक्सी चलाएर कमाएको पैसा र ऋणधन गरेर हाल सम्मको उपचार गरें । थप उपचार गर्ने पैसा हामीसँग छैन । बालक २ छोराहरुको शिक्षा दिक्षा पालण पोषण गर्नु पर्ने बाध्यता पनि छ । श्रीमतीको उपचारका लागि अस्पताल धाउनु पर्दा ट्याक्सी चलाउन पाएको छैन । हामी पिडामा छौं समृताका पति शेर बहादुरले गुनासो गरे ।
३ महिना पहिला जिउ सुन्नीने, पेट दुख्ने, वाकवाकी लग्ने जस्ता समस्या लिएर काठमाण्डौ स्थीत निदान अस्पताल पुग्दा दुबै किड्नी खराव भएको थाहा भएको हो ।
श्रीमतीलाई श्रीमान्को मृर्गाैला दिनेगरी हाल प्रकृया अगाडी बढि रहेको भएपनि चिकित्सकले भने बमोजिमको पैसा ब्यवस्थापन गर्न समस्या भैरहेको पिडितका भाई बारा जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वा निवासी भिम बहादुर दर्लामीले बताए ।
दिदिको उपचारमा मनकारीहरुको आर्थिक सहयोगको अपेक्षा गरेका छौं । सानो सहयोगले एउटी नारीले नयाँ जिवन पाउने छिन् । त्यसका लागि समृता थापा मगरको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खाता नं.००७०७०१०१४१५५० मा रकम सहयोग गर्न सकिने ब्यवस्था मिलाईएको उनले बताए ।
मृगौला पिडित समृता बाराकी चेली हुन् ।