२९ श्रावण ,बारा: बालिका बलात्कार आरोपमा एकजनालाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । करैयामाई गाउँपालिका वडा नं.४ बस्ने २६ बर्षका पानालाल पासवान पक्राउ परेका हुन् ।

२०७९ पौष १६ गते राती अन्दाजी ८ वजेको समयमा १४ बर्षकी बालिकालाई जबरजस्ती करणी गरेका थिए । बालिका बलात्कारगरी फरार रहेका पासवानलाई काठमाण्डौ महानगरपालिका वडा नं. ३ बसुन्धारामा लुकीछिपी बसेको अबस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो ।

काठमाण्डौंबाट आईतबार बारा ल्याईएका पासवानलाई जिल्ला अदातल बारावाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय