९ भदौ ,सिमराः जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरामा रहेको संगालो बचत तथा ऋण सहकारी संस्थाको बाह्र्रौ बार्षिक साधारणसभा शनिबार सिमरा स्थीत थानिमाई पार्कमा सम्पन्न भएको छ ।

सभाको बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी समेत रहनु भएका संघ अध्यक्ष ठाकुरले सिमराका शिक्षीत यूवाहरुले १२ बर्ष अघि स्थापना गरेको सहकारी छोटो समयमै स्थापित बनेको बताउनु भयो ।

सहकारी संस्थाहरु निती, विधी र सदस्य केन्द्रीत भएर संचालन हुँदा सहकारी र त्यसका सदस्यको प्रगती हुने उहाँले बताउनु भयो ।
यस्तै जितपुरसिमरा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख सुदन चौधरीले अन्यत्र सहकारीहरुमा धेरैखाले समस्या देखीएपनि जितपुरसिमरा क्षेत्रमा कुनै समस्या नरहेको बताउनु भयो ।

सदस्यको सुविधा र सेवालाई प्राथमिकता दिन सक्दा यहाँका सहकारीहरुमा समस्या नभएको हो । आगामी दिनहरुमा समेत समस्या नआवस भन्ने ढंगले उपमहानगरले काम गरिरिहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा ,जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव मणिन्द्रनाथ शर्मा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.३का अध्यक्ष तारा बहादुर कार्की, राष्टिय सहकारी बैंक सिमराका प्रमुख सुरेश लागे,

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आले, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद रिमाल लगायतकाले बोल्नु भएको थियो ।

१ करोड ९० लाख ९६हजार ६ सय शेयर पूँजी,७ करोड ७५ लाख ८७ हजार ३८८ रुपैंया निक्षेप रहेको संस्थामा ३६६ जना शेयर सदस्य छन् । आर्थीक बर्ष २०७९।०८० मा ११ करोड ६५ लाख १५ हजार रुपैंयाको कारोबार गर्दै आएको संस्थाले संस्थाले ५५ लाख २५ हजार ५६४ रुपैंया खुद मुनाफा गरेको छ ।

संस्थामा आवद्ध भएर उत्कृष्ठ कारोबार गर्ने ४ जनालाई सभाको अवसरमा संस्थो सम्मान समेत गरेको छ ।

संस्थाका अध्यक्ष सालिक राम अधिकारीले सभामा पेश गर्नु भएको संस्थागत, लेखा सुपरिवेक्षण समितिका कार्यवाहक संयोजक श्यामबाबु थापा र समितीका कोषाध्यष निराजन थापाले प्रस्तुत गर्नु भएको लेखापरिक्षण प्रतिवेदन सभाले अनुमोदन गरेको छ ।

कार्यक्रम संस्थाको संचालक समितिका सचिव रत्न उप्रेतीको संचालनमा सम्पन्न भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय