पुष्पराज खतिवडा
२३ भाद्र ,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ मा रहेको खानेपानी उपभोक्ता तथा सरसफाई समिति पथलैयाको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको कार्यालय परिषर पथलैयामा शनिबार सम्पन्न सभाको बारा क्षेत्र नं.४का संघिय सांसद कृष्ण कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथी समेत रहनु भएका सांसद श्रेष्ठले पथलैयाको पानी लगेर अमलेखगजंका जनतालाई ख्वाउने काम गरिने बताउनु भयो । “अमलेखगजंका जनाताले बषौंदेखी भोग्दै आईरहनु परेको खानेपानीको समस्या समाधानका लागि पथलैया खानेपानीलाई बलियो बनाउन आफुले पहल गर्ने छु ।

सयौं किलोमिटबाट पाईप लाईनमा तेल आउन सक्छ भने पथलैयाको पानी अमलेखगजं नजाने कुरै भएन । जसरी भएपनि पथलैयाबाट पानी लगेर अमलेखगजंको प्यास मेटाउँछु,” सांसद श्रेष्ठले भन्नुभयो ।

यस्तै सांसद श्रेष्ठले पथलैयाका जनताको हित र यहाँको विकासमा टेवा पुर्याउने उदेश्यले प्रादेशिक ट्रमा सेन्टर र यातायात ब्यवस्था कार्यालय पथलैयामा खोल्ने काम अन्तीम अवस्थामा पुगेको बताउनु भयो ।

चुनाव जितेको ३ महिनाभित्र पथलैया बासीलाई लालपूर्जा दिन्छ भनेर गरेको चुनावी बाचा आफुले नभुलेको सुनाउँदै श्रेष्ठले त्यो प्रकृयासमेत अन्तम चरणमा रहेको बताउनु भयो ।

“पथलैयाबासीलाई लालपूर्जा दिने चुनावीबाचा मैले भुलको छुईन । सरकार फेरबदल सहितको राजनैतिक वातावरण सहज नबन्दा बाचा पुरा गर्न ढिला भएको मात्रै हो । यद्यपी नाप नक्सा सहितका काम भएकाले केही समय पख्नुस पूर्जा वितरण गरेरै छाड्ने छु, ” साँसद श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल , उपप्रमुख भोला प्रसाद अधिकारी, शसस्त्र प्रहरी उपरिक्षक नानीराम हुमागाँई, खानेपानी डिभिजन कार्यालय बाराका प्रमुख किशोरी प्रसाद यादव,पूर्व प्रदेशसभा सदस्य शोभा लामा,वडा अध्यक्ष हिरा बहादुर गुरुङ्ग लगायतकाले बोल्नु भएको थियो ।

उपभोक्ता समितीले बार्षिक साधारणसभासँगै अधिवेसन गरेर आगामी ४ बर्षका लागी १५ सदस्य नयाँ नेतृत्व चुन्ने भएको छ । त्यसका लागि सहमतीको प्रयास भैरहेको छ । खानेपानी पथलैयाको नेतृत्वका लागि विभिन्न पार्टीमा आस्था राख्ने र स्वतन्त्र गरी आधा दर्जन आकांक्षी देखीएका छन् ।

सहमती हुन नसके केही दिन भित्र चुनाव गरी नेतृत्वको टुङ्गो लगाईने समितिका पूर्व अध्यक्ष समेत रहनु भएका वडा नं.१ का अध्यक्ष हिरा बहादुर गुरुङ्गले बताउनु भयो ।

२०५२ सालमा स्थापना भएको उपभोक्ता समिती पथलैयामा हाल करिब ६०० जना सदस्य छन् । २ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेकंबाट पथलैयामा खानेपानी सेवा वितरण हुँदै आएको उहाँले जानकारी दिनु भयो ।

कार्यक्रम खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुरेश कुमार लामा अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय