६ असोज ,बारा :अपाङ्ग बालिका बलात्कार गरेको आरोपमा ६० बर्षका मानिसलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । निजगढ नगरपालिका वडा नं.१२ रतनपुर बस्ने राना साईला भनिने सोम बहादुर लुम्बालाई प्रहरीले पक्राउ गरेको हो ।

सुक्रबार अपराहन्न ४ बजेको समयमा घरमा कोही नभएको अवस्थामा स्थानिय ११ बर्षकी बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिका माथी जबरजस्ती करणी भएको थियो ।

बाहिरको काम सकेर घर आएकी बालिकाकी आमाले छोरीलाई रुँदै गरेको र रगताम्य देखेपछी स्थानियलाई खबर गरेकी थिईन् । स्थाीनयले खबर गरेपछि पुगेको प्रहरीले बालिकाको अवस्था हेरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

कस्ले बलात्कार गरेको हो भन्ने पत्ता लाग्न सकेको थिएन । यद्यपी बालिकालाई उपचारमा पठाई घटनाको अनुसन्धान सूरु गरेको प्रहरीले सोही दिन राती ६० बर्षका लुम्बालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लुम्बालाई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको बाराका प्रहरी नायव उपरिक्षक (डिएसपी) दधिराम न्यौपानले जानकारी दिनुभयो ।

यस्तो कसुर गर्नेलाई मुलुकी अपराह (संहिता) २०७४ मा १० बर्ष भन्दा बढि १४ बर्ष भन्दा कम उमेरकी बालिका भए १४ बर्ष देखी १६ बर्ष सम्म जेल सजाँय तोकिएको छ । यसैगरी पिडित बालिका वा महिला, अशक्त वा अपाङ्ग वा शारीरिक, मानसिक रुपमा अस्वस्थ भए थप ५ बर्षसम्म कैद हुन सक्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय