पुष्पराज खतिवडा
२० असोज : बाराको जितपुरसिमरा उपमहानगरपालिका २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाराको १६ औं बार्षिक साधारणरसभा सम्पन्न भएको छ । शनिबार सिमरा स्थीत थानिमाई पार्कमा संघिय सांसद कृष्ण कुमार श्रेष्ठले सभाको उद्घाटन गर्नु भएको हो ।

प्रमुख अतिथी समेत रहनु भएका सांलद श्रेष्ठले सहकारीले आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके मात्रै सफल हुने बताउनु भयो । सहकारीको नाम लिँदा बाराको हातेमालो पहिलो नम्बरमा परिचित रहेको आफुले पाएको भन्दै उहाँले अहिले सम्म आफ्नो क्षेत्र सहकारी पिडतमा नपरेको बताउनु भयो । कतिपय स्थानमा सहकारीले जनता ठगेर दुःख दिएका सन्दर्भ कलाउँदै सांसद श्रेष्ठले भन्नु भयो “म सहिकारीबाट ठगिँए भन्दै जिल्लाका कसैको गुनासो आएको छैन । म यस मानेमा भाग्यमानी छु”।

कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले नेता एवं पूर्व प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, सीता गुरुङ्ग, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल,उपप्रमुख भोला प्रसाद अधिकारी, नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघका संचालक हरेराम पटेल, संस्थाका संस्थापक अध्यक्ष डा. कृष्ण पौडेल लगायतकाले बोल्नु भएको थियो ।

संस्थाले बार्षिक साधारणसभाले १५.५२ लाभाश. वितरण गर्ने निर्णय गरेको छ । भने सभाका अवसरमा सबै भन्दावढी कारोबार गर्ने योगदानकर्ता १४ जनालाई शंरक्षीत कोषको रकम समेत वितरण गरेको छ । ३ हजार ९ सय ७४ जना सदस्यका विच ६३ करोड ९५ लाख १९ हजारको कारोबार गरिरहेको संस्थाले २ करोड ५० लाख ५८ हजार मुनाफा गरेको जनाएको छ ।

संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षता, उपाध्यक्ष संजय साहको स्वागत र संचालक दिपक भट्टको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय