२१ असोज ,बाराः संघिय सरकारले ल्याउन लागेको निजामती ऐनका विरुद्धमा बिभिन्न मागहरु राख्दै देशैभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

यसैक्रममा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालीकामा कार्यरत कर्मचारीहरूले पनी नगरको कामकाज ठप्प पारेर मुख्य कार्यालय जितपुरको गेटमा धर्नामा बसेका छन् ।

उनीहरुले आइतबार नगरको सवै काम ठप्प पारी पेन डाउन गरेका हुन् । केहीदिन देखी हातमा कालोपट्टी बाँधेर विरोध जनाइरहेका कर्मचारीहरुले आइतबार पेन डाउन गरी सेवा ठप्प पारेका छन् ।

नगरपालीकामा कार्यरत इन्जिनियर संञिव रुपाखेतीले कार्यालयको सवै शाखाबाट सेवाग्राहीका कामकाज बन्द गरी कर्मचारी आन्दोलित रहेको जानकारी दिए ।

संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने लगायतका माग उनीहरुको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय