२५ असोज 

सिमरा,बारा: जितपुरसिमरा उपमहानगरपालिकाका पूर्व नगर प्रमुख डा. कृष्ण पौडेल सिमरा स्थीत आफ्नै घरमा मृत भेटिएका छन् ।
विहिबार साँझ जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा स्थीत घरमा पौडेल मृत भेटिएका हुन् ।

२०७४को स्थानिय निर्वाचनमा नेकपा एमालेको टिकटमा जितपुरसिमरा उपमहानरपालिकको पहिलो निर्वाचित नगर प्रमुख पौडेल हाल पार्टीका मधेश प्रदेश सचिव पनि थिए ।

नेकपा एमाले पार्टीको जनकपुरमा प्रथम मधेश प्रदेश अधिवेशन चलिरहेको अवस्थामा पौडेलको निधनको खबर बाहिर आएको हो ।
डा. पौडेको शवलाई प्रहरीले शुरक्षा दिई अनुसन्धान गरिरहेको छ । घर बाहिर शुभचिन्तकहरुको ठुलो भिड लागेको छ ।

सुत्केरी देउरानी भेट्न मेयर पत्नी काठमाण्डौं गएपछि उनी घरमा एक्लै थिए । विहिबार साँझ काठमाण्डौबाट फर्किएकी पौडेल पत्नीले ढोका खोल्दा उनी मृत भेटिएपछि प्रहरी र आफन्तलाई खबर गरेकी हुन् ।

उनको मृत्यु कतिबेला भएको भन्ने एकिन हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय