भोजपुर । भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ । एक७ वर्षीया बालिकालाई २१ वर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन् । प्रहरीले हत्यरा राईलाई पक्राउ गरी कानुनी कारवाहीको प्रकृया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका एसपी सुदीप पाठकका अनुसार हत्या अभियोगमा पक्राउ परेका राईले बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

‘विहिबारदेखि हराइरहेकी बालिकाको खोजीमा प्रहरीले जानकारी पाएदेखि नै खोजी कार्यमा लागि रहेको थियो । अभियुक्तलाई शुरुमै नियन्त्रण लिएर सोधपुछको क्रममा हत्या गरेको स्वीकार गरेपछि उनलाई कानुनी कारवाही अघि बढाइएको छ’, एसपी पाठकले भने । एसपी पाठकाका अनुसार प्रहरीले शनिवार बिहान आमचोक गाउँपालिका-६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी बालिकाको शव फेला पारेको थियो । नाबालिका अभियुक्त राईसँगै खेलिरहेको अवस्थामा बिहीबार साँझ ६ बजेदेखि हराइरहेकी थिइन् ।

परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत् प्रहरीलाई जानकारी गराएपछि तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । ‘प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो । शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थाल्यो, शंका लागेकाले राइलाई पनि हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको थियो’, एसपी पाठकले भने । अभियुक्त दिपचन्द्र राई नाबालिकाका छिमेकीसमेत हुन् ।

मृतक परिवारले उनीमाथि शंका गरेको थिएन, तर उनीसँगै नाबालिका खेलिरहेकाले प्रहरीले शंका गरेर साथमै लिएर अनुसन्धन शुरु गरेको थियो । सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए, तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो । घटना स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो । त्यसक्रममा प्रहरी शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो, जहाँ नाबालिकाको शव फेला परेको थियो ।

नाबालिकाको शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । उक्त घटनास्थलमा मुचुल्का उठाएर पोष्टमर्टम गर्न प्रहरीले धरानस्थित अस्पतालमा पठाएको छ । ‘शुरुमै नाबालिकाको घरमा प्रहरी पुगेर अनुसन्धान गर्दा अभियुक्त उम्कन पाएन, समयमै अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो’, एसपी पाठकले भने । उनका अनुसार यो घट्नामा ईप्रका बोयाङ भोजपुरबाट ४ किमि टाढा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय