
१३ कार्तिक, बारा : जिल्लाको सदरमुकाम कलैयामा बोर्डिङ स्कुलका प्रधानाध्यापकको गोली हानि हत्या भएको छ । सोमबार अपराहन्न अज्ञात समूहले चलाएको गोली लागि कलैया उपमहानगरपालिका वडा नं. ६ निवासी ३५ बर्षिय गुड्डु भनिने रुपेश सरार्फको गोली हानी हत्या भएको हो ।
उनीमाथी २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरार्फको टाउँको र छातीमा गोली लागेको छ ।
बालएकता बोर्डिङ स्कुल नजिकै दुईवटा मोटरसाईकलमा चढी आएका ४ जनाको अज्ञात समुहले मदर्सा टोलमा सरार्फमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाईते भएपछि उनलाई उपचारका लागि प्रादेशिक असपताल कलैया लगिएको थियो ।


कलैयाले उपचार हुन नसक्ने भन्दै रिफर गरेपछी बयोधा अस्पताल बिरगजं लगिएकोमा उपचारका क्रममा सरार्फको मृत्यु भएको बाराका प्रहरी प्रमुख उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए ।
मृतक स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल समेत हुन् । गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख काफ्लेले जनाए ।