पुष्पराज खतिवडा
२३ कार्तिक ,बारा: नेपाली सेनाका पूर्व कर्मचारीहरुको संगठन नेपाल भुतपूर्व सैनिक परिवार जितपुरसिमरा, बाराको आयोजनामा विहिबार विहान शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६को पैनीटोल स्थीत बौद्ध गुम्बा परिषरमा आयोजित कार्यक्रमको श्री नं.२८ बाहिनी अड्डा जितपुर,बाराका बाहिनीपति सहायक रथी सानुकाजी थापाले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सहायक रथी थापाले नेपाली सेनाका पूर्व सैनिकहरुको उपचार, रेखदेख र शंरक्षणमा नेपाली सेना गम्भीर रहेको बताउनु भयो ।

पूर्व सैनिकहरुको स्वास्थ्य उपचार सहजताका लागि प्रादेशिक रुपमा अस्पतालहरु स्थापना भएको छ । मधेश प्रदेशको वर्दिबासमा सेवा सन्चालनमा आई सकेको भएपनि विषेशज्ञ चिकित्सक हायर गरेर जिल्लामै पनि पूर्व सैनिकहरुलाई उपचारको प्रबन्ध गर्ने विषयमा कुराहरु भैरहेको छ, वहाँले भन्नु भयो ।

यस्तै वाहिनीपति थापाले नेपाली सेनामा भएका र अवकाश प्राप्त सेनाको समेत प्रमुख दायित्व देश, जनता र समाजको हितमा काम गर्ने हो । यसकारण फुटेर नभई जुटेर समाजप्रति लागी पर्न पूर्व सैनिक साथीहरुमा अनुरोध गर्दछु । चाडबाडले रितिरिवाज शंरक्षणसँगै सामाजिक एकता भाईचारमा मद्दत गुग्ने भन्दै वहाँले परम्परालाई बचाईराख्नु पर्नेमा जोड दिनुभयो ।

वाहिनीपति थापाले जितपुरबाट वाहिनी स्थानतरण गर्नुपर्ने भएको र सोको विकल्पमा विभिन्न स्थानको खोजि गर्ने क्रममा जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१६ स्थीत हलखोरिया साझेदारी वनको क्षेत्रकालागि कुराकानी अगाडी बढि रहेको बताउनु भयो । सामान्य समस्याले प्रकृयामा जान रोकिएको भएपनि यसले सार्थकता पाउनेमा हामी विश्वस्त छौं । यसमानेमा यहाँहरुको समेत साथ सहयोगको अपेक्षा राखेकाछौं ,उहाँले भन्नु भयो ।

कार्यक्रममा शसस्त्र प्रहरी वल नं.४० रिजर्व गण पिलुवाका प्रमुख एवं उपरिक्षक राजु श्रेष्ठ, डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष अनिल कुमार मैनाली, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष हरिदेव खरेल, पूर्व वडा अध्यक्ष केदारनाथ बजगाँई, सामाजिक अगुवा रमेशचन्द्र घिमिरे लगायतको उपस्थिती थियो ।

नेपाल भुकपूर्व सैनिक परिवार जितपुरसिमराका अध्यक्ष सुब्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा सैनिक परिवारका सदस्य पाण्डु सापकोटाको स्वागत एवं भुतपूर्व सैनिक राजेश भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका भित्र बसोबार गर्ने २ सय जना भुतपूर्व सैनिक परिवारमा आवद्ध रहेको र जिल्लामा ४ सयबढी पूर्व सैनिक भएको कार्यक्रममा जानकारी दिईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय