पुष्पराज खतिवडा
२८ कार्तिक ,मनहर्वा (बारा):जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको मौवादेवी यूवा क्लब बडहर्वाले दिपावली एवं छट वर्पको अवसरमा आयोजना गरेको वृहत नृत्य प्रतियोगिताको उपाधी बदाफर राईजिङ्ग क्लबले जितेको छ ।
सोमबार साँझ बडहर्वा खेल मैदानमा सम्पन्न प्रतियोगितामा प्रथम हुँदै राईजिङ्ग टिमले नगद रकम १० दश हजार रुपैंया र ट्रफि हात पारेको छ ।
यस्तै ब्राईटर एकेडेमी ईग्लिस बोर्डिङ्ग स्कुल सिमरा समुह दास्रो र युथ क्लब सेन्डीगेट सिमरा तेस्रो भएका छन् । दोस्रो हुनेले नगद ५हजार रुपैंया र तेस्रोले नगद २ हजार ५ सय रुपैंया सहित ट्रफि प्राप्त गरे ।
विजेताहरुलाई जितपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारी, वडा अध्यक्ष चतुरबाबु वाग्ले लगायतकाले पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा सहभागी भएका अन्य ५ समुहलाई एकएक हजार रुपैंयाका दरले सान्तवना पुरस्कार प्रदान गरिएको थियो । उक्त रकम जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख अधिकारीले सहयोग प्रदान गर्नु भएको हो ।
प्रतियोगितामा वडा नं. १८को मौवा देवी नाट्य समुह सहित आसपासका वडाहरुका ८ वटा समुहले भाग लिएका थिए । विरेन्द्र वाईवाको संयोजकत्वमा राजेश गुप्ता, प्रमानन्द चौधरी र विकास थापा सम्मिलित निर्णायक मण्डलले  सहभागी नृत्य प्रतियोगिहरुको मुल्यान्कन गरेको थियो ।
पहिलो हुने बदाफर राईजिङ्ग क्लबका यूवा समुहले भोजपुरी “जितिया ए लैकन हर्सित भैल, साथी या बहेन से खुमे खेले” बोलको साँस्कृतीक महत्व बोकेको गितमा सामुहिक नृत्य गरेका थिए । उनीहरुको नृत्यलाई दर्शकले समेत निकै मन पराएका थिए ।
यस्तै कार्यक्रममा स्थानिय कलाकारहरु आयूष कार्की, साकार मगर, शान्ता थापा ,मेनका थापा, सिता पुलामी,कृष्मा रजान, तारा राना र करुणा थापा मगरले अप्रतिस्पर्धी गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन जितपुरसिमरा उपमहानगरपालिका उपप्रमुख अधिकारीले ब्यानर पढेर गर्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका उपप्रमुख अधिकारीले धर्म, संस्कृती र परम्परा मनाउनु हामी सबैको कर्तब्य भएको बताउनु भयो । परम्परालाई सभ्य भएर मनाउनु पर्ने र ऋणमा डुबेर फजुल खर्च गरेर विकृतीलाई प्राथमिता दिन नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्ले, निर्वतमान वडा अध्यक्ष अर्जुन प्रसाद दाहल, कलैया उपमहानरपालिका वडा नं.२४का अध्यक्ष हिरालाल चौधरी, स्थानिय विमलराज भारती, राजेश भण्डारी ,पूर्णहरि केसी लगायतको उपस्थिती थियो ।
कार्यक्रम मौवादेवी यूवा क्लबका अध्यक्ष निर्मल कुमार यादवको अध्यक्षता, सचिव जगदिप कोइरालाको स्वागत एवं स्थानिय शिक्षक राजु कार्कीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय