२८,कलैया :नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी बाराको पदाधिकारी बैठक आज सम्पन्न भएको छ ।
एकीकृत समाजवादीको कलैया स्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले कार्तिक ३० गते विभिन्न चाडपर्वका अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ ।


दशैं, दिपावली, नेपाल सम्बत, छठ पर्व लगायतका पर्वहरुको असरमा कार्तिक ३० गते बिहान ७ः३० वजे पार्टी जिल्ला कार्यालय कलैयामा शुभकामना तथा चियापान कार्यक्रम गर्ने निर्णय भएका एकीकृत समाजवादी बाराका अध्यक्ष विजेन्द्र चौधरीले बताए ।
यसैगरी बैठकले जिल्लाका सबै पालिका एवं जनसंगठनको बैठक मंसिर १५ गते भित्र बस्नुपर्ने, संगठित सदस्यहरुको नविकरण तथा पार्टी सदस्यता वितरण कार्य मंसिर महिनाभित्रमा गर्नुपर्न निर्णय भएको पार्टीका उपसचिव ध्रुव यादवले बताए ।
बैठकमा पार्टीका पोलिटव्यूरो एवं बारा इन्चार्ज दिनेश राई, केन्द्रीय सदस्य एवं सहइन्चार्ज श्रीप्रसाद पासवान, केन्द्रीय सदस्य एवं सहइन्चार्ज हिमाल खरेल, केन्द्रीय परिषद सदस्य मालती कुशवाहा, प्रदेश सचिवालय सदस्य रामचन्द्र प्यासी लगायतको सहभागिता थियो ।



