३० कार्तिक सिमरा,बारा:मानव अधिकार तथा शान्ति समाज बारा शाखाको २० औं बार्षिक साधारणसभा विहिबार सिमरामा सम्पन्न भएको छ । होटल सम्यकको सभाहलमा भएको कार्यक्रमको केन्द्रिय सभापति रामकृष्ण बरालले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहनु भएका केन्द्रिय सभापति बरालले मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रका लागि वकालत गर्ने संस्था शान्ति समाज भएको भन्दै विश्वका मानवको रक्षाका लागि वकालत गर्ने गरिएको बताउनु भयो ।
हिंसाले मावन अस्तित्व नै समाप्त पार्ने हुँदा कुनैपनि हिंसा जायज छैन । विश्वमा मावन अस्तित्व समाप्त पार्नेगरी भैरहेका आणविक हतियारमाथी प्रतिबन्ध लगाईनु पर्ने उहाँको भनाई थियो । रुस यूक्रेन होस् या हमास ईजरायत युद्ध जायज छैनन् । ती यूद्धमा निहत्था लाखौं नागरिकको ज्यान गएको छ ।
यस्ता खालका यूद्ध अपराध तत्काल नियन्त्रण गर्न दवाव दिने उदेश्यले शान्ति समाजले विभिन्न शक्तिराष्टका दुतावास अगाडी बारम्बार धर्ना तथा विरोध प्रर्दशनहरु गर्दै आईरहेको छ, उहाँले भन्नु भयो ।
युद्ध जहाँ होस् त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर विश्व मानव जगतमा पर्ने भन्दै युद्ध निषेध शान्ति विशेष लगायतका कार्यक्रममा जोड दिन सभापति बरालले आग्रह गर्नु भयो ।
यस्तै पूर्व केन्द्रिय सभापति उत्तम् पुडासैनीले मानव अधिकारसँगै समग्र प्राणि जगत र प्रकृतिकोे रक्षा आजको आवश्यकता भएको बताउनु भयो । नेपालीहरु अधिकारका विषयमा बढीनै आक्रामक देखिने गरेपनि कर्तब्य पालनामा चुक्ने गरेको उहाँको भनाई थियो ।
चुरे ध्वस्त पार्न पाईदैन ःमरुभुमिकरण गर्ने नीति चाँहिदैन भन्ने मुल नारा सहित आयोजित बार्षिकसभालाई सम्बोधन गर्दै पुडासैनीले पाहाड फुटाएर ढुग्गा विक्रि गरेर पैसा कमाउने नाममा तराईको उर्भर भुमिलाई मरुभुमि पार्ने खेलको कुनै हालतमा समर्थ गर्न नसकिने बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय पर्यवेक्षक एवं उपसभापति राजेन्द्र पौडेल, केन्द्रिय सचिव अमर गौतम्, शान्ति समाज काठमाण्डौं शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, पूर्व केन्द्रिय कोषाध्यक्ष हरि प्रसाद थपलिया र मधेश प्रदेशकी पूर्व प्रदेशसभा सदस्य शोभा लामाले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका अवसरमा बारा शाखाका तर्फबाट केन्द्रिय समिति सभापति बराल तथा पूर्व केन्द्रिय सभापति पुडासैनीलाई एकसय थान निम, साल, गुलमोहर लगायत विभिन्न प्रजातीका विरुवा हस्तान्तरण गरिएको थियो ।
बार्षिक साधारणसभाबाट आगामी दुईबर्षका लागि पूर्व सचिव लक्ष्मण साहको सभापतित्वमा ११ सदस्य जिल्ला कार्यसमिति समेत र्निविरोध चयन गरिएको छ । जस्को उपसभापतिमा टिका कुमारी पाध्य, सचिवमा निराजन थापा,सहसचिचवमा टेक प्रसाद घिमिरे र कोषाध्यक्षमा पदम प्रसाद रिजाल चुनिनु भएको छ । यस्तै सदस्यहरुमा मीरा थापा तुलाधर,अम्बीका श्रेष्ठ,शान्ति कार्की लगायत रहनु भएको छ ।
कार्यक्रम मानव अधिकार तथा शान्ति समाज बारा शाखाका सचिव, लक्ष्मण साहको अध्यक्षता, पूर्व सभापति रघुनाथ लामिछानेको स्वागत एवं पूर्व बारा उपसभापति पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।