१५ मंसिर ,बारा:जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिसरको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सुक्रबार मोतिसरमा आयोजित सभाको कलैया उपमहानगरपालिका उपप्रमुख रौशन प्रविनले उद्घाटन गर्नु भएको हो ।

प्रमुख अतिथी प्रविनले सहकारी अभियानले महिलाको शसक्त्तीकरणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै सहकारीको विकासमा आफुले सहयोग गर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष नयनकला खड्का,वडा नं.१८का अध्यक्ष ध्रुवनारायण यादव, पूर्व वडा अध्यक्ष अम्बीका प्रसाद, स्थानिय सामाजिक अगुवा शर्मा बैठा, राकुमार साह, प्रमानन्द गुप्ता ,सहकारी पत्रकार समाज अध्यक्ष पुष्पराज खतिवडा लगायतले बोल्नु भएको थियो ।

५ सय ३१ जना महिला सदस्य रहेको साना किसान मोतिसरले अघिल्लो आर्थिक बर्षमा गरेको १६ लाख ७८हजार मुनाफाबाट सदस्यहरुलाई १५ प्रतिशतका दरमा लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

५ करोड ३० लाख लगानीमा रहेको संस्थाले पशुपालन, ब्यापार, तरकारी खेती लगायतका शिर्षकमा कर्जा लगानी गर्दै आएको छ ।सभाका अवसरमा असरल कर्जा कारोबार गर्ने २ र्दनबढीलाई पुरस्कृत समेत गरिएको थियो ।

 

संस्थाको आजै सम्पन्न दोस्रो अधिवेशनबाट पुनः बदन देवी कुर्मीको अध्यक्षतामा आगामी चार बर्षका लागि ७ सदस्य संचालक समिति सर्वसहमत निर्वाचित गरेको छ । जस्को उपाध्यक्षमा धना देवी र सदस्यहरुमा बबिता देवी,सोशिला देवी बरै,सिता देवी,मौजी देवी रदुखननी ददेवी चुनिएका छन् ।

यस्तै सभाले ललिता देवीको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिति समेत सर्वसहमत निर्वाचित गरेको छ । जस्को सददस्यमा शिला देवी कुश्वाहा र कविता देवी चयन भएका छन् ।

बार्षिक साधारणसभा अध्यक्ष बनदेवी कुर्मीको अध्यक्षता, महिला कर्मचारी सविता यादवको स्वागत एवं संस्था प्रबन्धक प्रमानन्द चौरसियाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय