जुरेली न्युज डेस्क, सिमराः वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चोकमा सडक अतिक्रमण गरि बनाइएका संरचनामा महानगरले डोजर चलाएको छ । हुलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्सट्रक्सनले ठेक्का पाएको छ ।

६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिए । यात्रा डेलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय