५ जेष्ठ, मनहर्वा:जितपुरसिमरा उपमहानगरपालिका उद्यम विकास शाखाको आयोजनामा ७ दिने ब्यवसायीक पशुपालन तालिम सुरु भएको छ । सुक्रबार पालिकाका उपप्रमुख भोला अधिकारीले वडा नं.१८ को बडहर्वामा तालिमको उद्घाटन गर्नु भएको हो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत नयाँ उद्यमी सिर्जना अन्तरगत उद्यमशिलता विकास तालिम लिई ब्यवसाय सुरु गर्ने तयारीमा रहेका संभावित लघु उद्यमीहरुका लागि प्राविधिक सीप विकास तालिम संचालन गर्न लागिएको कार्यक्रमका वरिष्ठ उद्योग विकास सहजकर्ता दिपनारायण रायले जानकारी दिनु भयो ।

सात दिन सम्म संचालन हुने तालिममा वडा नं.१८ का २७ जना उद्यमीहरुको सहभागिता रहेको छ । उनीहरुलाई गाई, बाख्रा र बंगुर पालन सम्बन्धी तालिम दिईने उहाँले बताउनु भयो ।

सहभागिहरुलाई पशु चिकित्सक डा. सुदिप कुमार शर्माले सहजिकरण गर्नु हुने कार्यक्रमका उद्यम विकास सहजकर्ता उषा बुढाथाकीले बताउनु भयो ।

तालिम उद्घाटन कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख अधिकारी, वडा नं.१८ का अध्यक्ष चतुरवाबु वाग्ले, नगरकार्यपालिका सदस्य प्रभावती देवी पास्वान, सोही नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवजी प्रसाद, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराकी अध्यक्ष नयनकला खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय