८ असोज :साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको १६ औं बार्षिक साधारणसभा सोमबार करैयामाई गाउँपालिका वार्ड नं.१ को बधुवनमा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैयाको सभाहलमा जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष उपेन्द्र जयसवालले सभाको उद्घाटन गर्नु भएको हो ।
प्रमुख अतिथी समेत रहनु भएको अध्यक्ष जयसवालले राज्यले सहकारीलाई उपेक्षा गरिरहेको बताउनु भयो । भारत लगायत विश्वका कयौं देशमा सहकारीलाई समृद्धिको बलियो माध्यमका रुपमा विकास गरिएको छ । राज्यको समेत लगानीमा सहकारीहरुले उत्पादन तथा बजारीकरणको क्षेत्रमा काम हुँने गरेको छ । त्यहाँका सहकारीहरु राज्यका बलिया सहयोगि बनेका छन् । तर नेपालमा सहकारीलाई राज्यले उपेक्षा गरेकाले समस्या भैरहेको छ , उहाँले भननु भयो ।


सहकारीहरुले उतपादनका क्षेत्रमा काम गर्ने वातावरण राज्यले बनाईदिनु पर्छ अनी मात्रै सहकारी मार्फत समृद्धी सम्भव हुन्छ, जिल्ला सहकारी संघका अध्यक्ष जयसवालको भनाई थियो ।
कार्यक्रममा बारा बचत तथा ऋण सहकारी संघ लिमिटेड बाराका अध्यक्ष सत्यन्द्र ठाकुरले जिल्ला सहकारी संघहरुलाई संचालनमा कठिनाई भैरहेको बताउनु भयो । केन्द्रिय संघहरु र प्रारम्भिक संस्थाहरु मजबुत भएपनि जिल्ला संघहरु आर्थीक रुपले कमजोर देखिए । जस्का कारण अपेक्षीत परिणम आउन समस्या भैरहेको छ उहाँले भन्नु भयो ।
कार्यक्रममा प्रस्तावित साना किसान कृषि सहकारी संघ मधेश प्रदेशका पूर्व सचिव पुनदेव प्रसाद रौनियार ,सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संघ बाराका सचिव रामएकवाल प्रसाद चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष प्रदिपसिंह बराल, भोडहाका अध्यक्ष विन्दा सिंह, ईनर्वासिराकी अध्यक्ष संजिला खातुन लगायतको सहभागिता रहेको थियो ।
सभामा अध्यक्ष मिश्रीलाल सहनीको संस्थागत, लेखा समिति संयोजक रामलखन यादवको आन्तरिक लेखापरिक्षण र संघका प्रबन्धक नविन चौधरीले प्रस्तुत गर्नु भएको लेखापरिक्षण प्रतिवेदन सुझाव सहित पारित भएको छ । संघमा जिल्लाका १३० बढी प्रारम्भीक कृषि सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।
संघका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता, उपाध्यक्ष नयनकला खड्काको स्वागत एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वा सिराका मुख्य प्रबन्धक झपेन्द्रराज बरालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।



