२२ असोज ,बारा : जितपुरसमरा उपमहानगरपालिका वडा न१९मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिरा बाराको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार संस्था कार्यालय परिषरमा बार्षिक साधारणसभाको बारा क्षेत्र नं.४(क)बाट निर्वाचित प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरीले गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी चौधरीले मधेश प्रदेशका किसानका लागि सहुलियत कृषि कर्जाका लागि पहल गर्ने बताउनु भयो । सहकारीले ग्रामिण गरिवी न्युनिकरणमा खेलेको भुमिकाको प्रसंशा गर्दै उहाँले आर्थिक संकटमा सहकारीहरुले महत्वपूर्ण भुमिका निभाईरहेको बताउनु भयो ।


यस्तै जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले बैंक वित्तिय संस्थाहरुले कर्जा प्रवाहमा रोक लगाउँदा उत्पन्न परिस्थीतीमा सहकारीको भुमिका स्रहानिय देखिएको बताउनु भयो । सहकारीहरुले कृषि उत्पादनमा जोड दिनुपर्ने र उत्पादनको बजारीकरणमा स्थानिय सरकारले भुमिका खेल्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा,साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाकी प्रबन्धक कृष्ण कुमारी शर्मा,साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, भोडहाका अध्यक्ष विन्दा सिंह,सपहिकी अध्यक्ष अस्तुर्नी थरुनी, प्रसौना अध्यक्ष कलावती चौधरी, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १९ का अध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, प्रसौनी गाउँपालिका वडा नं.७ का अध्यक्ष ईस्लाम मियाँ अंसारी लगायतको सहभागिता रहेको थियो ।
संस्थाले सभाबाट सदस्यहरुलाई गतबर्षको मुनाफाबाट १८ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ । १ हजार ४७५ जना महिला सदस्य रहेको सहकारीले गत आर्थीक बर्ष २०७९।०८० मा २३ करोड २२ लाख ६७ हजार ४७८ रुपैंयाको कारोबारबाट ९१ लाख ७७ हजार ९३३ रुपैंया मुनाफा गरेको जनाएको छ ।
सहकारीले सभाका अवसरमा जेष्ठ, अशक्त सदस्यहरु ६ जना र दुईजना छात्रछात्रालाई सहयोग सहित सम्मान गरेको छ । कार्यक्रम संस्था अध्यक्ष संजिला खातुनको अध्यक्षता एवंं मुख्य प्रबन्धक झपेन्द्रराज बरालको संचालनमा सम्पन्न भएको थियो ।



