पुष्पराज खतिवडा
२४ असोज ,मनहर्वा:आर्थिक अभावमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वा निवासी मुर्ख माईला भनिने ५० बर्षका श्याम बहादुर थापाको उपचारमा समस्या भएको छ । उनलाई ब्रेन ट्युमर भएको छ । लामो समय देखी विभिन्न समस्या लिई अस्पताल भौतारिँदै आएका थापालाई यही असोज १८ गते बे्रनट्युमर भएको पत्ता लागेको हो ।
चितवन मेडिकल कलेज टिचिङ्ग हस्पीटलले उनलाई बे्रनट्युमर भएको र उपचार गर्दा निको हुने बताएको छ । उपचारमा ३ लाख रुपैया खर्च लाग्ने डाक्टरले बताएको बिरामीकी पत्नी सीता थापाले बताईन् ।


रिंगटा लाग्ने, वाकवाकी हुने, आँखा कम देख्ने, खान मन नलाग्ने लगायतका विभिन्न समस्या लिएर दर्जनौ पटक कलैया बिरगजं गएर उपचार गर्दापनि नभएपछी चितवन लगेका थियौं । यसैक्रममा ऋणधन गरेको अढाई तीन लाख रुपैंया खर्च भयो । अब हामीसँग उपाय केही छैन । मेरा श्रीमान्लाई बाचाईदिनुस् सीताले रुँदै भनिन् ।
पतीलाई ट्युमर भएको थाहा पाएपछि पत्नी सीता र उनका छोराछोरीको आँखामा आशु ओभाएको छैन । विपन्न र गरिबको घरमानै पिडाले पनि बास गर्दो रहेछ । विहान बेलुकीको छाक धान्न मुस्कील थापा परिवारले तेत्रो रकम आफैंले जुटाएर उपचार गर्न सक्दैन स्थानिय गायत्री थापाले भनिन् ।
एकधुर पनि जमिन नभएर अर्काको पुरानो घरमा बस्दै बालुवा क्रसरमा ज्याला गरेर परिवार पाल्दै आएको थापा परिवारले मनकारीहरुसँग सहयोगको याचना गरेको छ । धेरैजनाको स”सानो सहयोगले एउटा गरिब परिवारमा खुशी फर्कन सक्छ ।
त्यसैले मनकारीहरुले विरामीकी पत्नी सीता देवी थापाको कुमारी बैंक लिमिटेड जीतपुरमा रहेको खाता नं.१०००१४०७३७६००००१ मा रकम जम्मा गरेर सहयोग दिनुहोस् । यहाँहरुलाई हामी पनि अनुरोध गर्दछौं । जुरेली न्युज परिवार ।



